के हो कम्युनिज्म?

 

आलेख

‘प्रत्येकले आफ्नो सामर्थ्य अनुसार, प्रत्येकलाई आफ्नो आवश्यकता अनुसार’
'हरेक मानिसले आफ्‍नो क्षमता अनुसारको काम पाउन, सामाजिक रुपमा आफ्‍नो दक्षता अनुसारको योगदान दिन सकुन्, उनको आवश्‍यकता अनुसारको उपलब्‍धता होस्, पैसाबिनाको समाज, कुनै देश बिनाको समाज, सीमा विहीन समाज, वर्ग विहीन समाज, जहाँ कोहि उचोनिचो नहोस्, श्रमजीवी जनताले नै देशका सम्‍पूर्ण उत्पादनका साधनको परिचालन गर्न सकुन्' भन्‍ने सैद्धान्‍तिक मान्‍यतामा आधारित व्यवस्थाको परिकल्‍कना नै कम्‍युनिज्‍म अवधारणा हो ।

हामीले जब 'कम्‍युनिज्‍म' शब्‍दलाई सुन्‍छौं , त्‍यसबखत हाम्रो दिमागमा कार्ल मार्क्स, सोभियत संघ र चाइना जस्‍ता कुराहरु आउने गर्दछन् । मानव इतिहासलाई पछाडि फर्केर नियाल्‍ने हो भने त्यतिबेला पैसाको अवधारणा थिएन । कुनै देशको समेत अवधारणा थिएन ।मानिसहरु सिकार गरेर आफ्‍नो पेट पाल्‍ने गर्दथे । समूहमा बसेर रमाइलो गर्दथे ।कसैको कुनैपनि चिजमा निजत्‍व थिएन । त्यतिबेला मानिसहरु जंगलमा खाना खोजेर ल्याएभने सबैजनासंग साझा गर्दथे । बसोबास साझा गर्दथे । अथवा एउटा नजिकपन सहितको समाज रहन्‍थ्‍यो । मानव इतिहासको बारेमा सेपियन्‍स पुस्‍तकमा अझ विस्‍तृत रुपमा व्‍याख्‍या गरिएको छ ।

कम्‍युनिज्‍मको कुरा गर्नुपर्दा कार्ल मार्क्सलाई यसका पिता भनिन्‍छ । उनी एक जर्मन दार्शनिक थिए । उनले अठारौं शताब्‍‍दीमा कम्‍युनिष्‍ट घोषणापत्र लेखेका थिए । कार्ल मार्क्स त्यो युगमा पैदा भएका थिए, जब विश्‍वमा औद्योगिक परिवर्तन सुरु हुँदै थियो । औद्योगिक विकास संगै ठूला-ठूला फ्‍याक्ट्री र मेशिनहरुको प्रयोग हुन थाल्‍यो । जहाँ कामदार वर्गले रोजगारी पनि पायो । तर ती श्रमजीवी वर्गले कठिन काम गर्न पर्दथ्‍यो । फ्‍याक्‍ट्रीका साहुहरु धनीमानी मानिस थिए । जसले श्रमजीवी वर्गको श्रमशोषण गर्दथे । थोरै तलवमा धेरै काम लगाउने गर्दथे । जसबाट निस्‍कने सम्‍पूर्ण मुनाफा फ्‍याक्‍ट्री साहुहरु आफै राख्‍थे । 
सम्‍पूर्ण समाजमा दुईखाले वर्ग हुन्छन् ।
१. शोषक वर्ग
२. शाषित वर्ग

माथि उल्‍लेखित जुन दोस्रो वर्ग छ, यिनीहरु घण्‍टौं काममा खटिन्‍थे तर त्‍यसको बदलामा केही मिल्‍दैन्‍थ्‍यो । यिनै समस्‍याको समाधान स्‍वरुप कार्ल मार्क्सले एउटा यस्‍तो सोसाइटीको परिकल्‍कना गरे जहाँ साहुमहाजन र कामदारको बीचमा फरक नहोस् । यसलाई 'युटोपिया सोसाइटी' भनिन्छ । युटोपिया एउटा सम्‍पुर्ण हिसाबले पूर्ण समाज हो । जुन वास्‍तविकतामा अस्‍तित्‍वमै छैन । यही 'युटोपिया' शब्‍दलाई उनले ‘कम्‍युनिज्‍म’ नाम दिए । कम्‍युनिज्‍म हाँसिल कसरी गर्ने ? भन्‍ने विषयमा उनले कम्‍युनिष्‍ट घोषणापत्रमा उल्‍लेख गरेका छन् । जहाँ राजा अस्‍तित्‍वमा छ, त्यहाँ श्रमजीवी वर्ग मिलेर उनका विरुद्ध संघर्ष गर्नुपर्छ भनेर उनले यसै किताबमा लेखेका थिए । उनले ‘मिन्स अफ प्रोडक्सन’ यहाँनिकी जतिपनि फ्‍याक्‍ट्री वा जमिनदार छन्, ‘यसमा उनीहरुको मात्र होइन, जनताको पनि बराबरको सहभागिता हुनुपर्छ’ भन्‍ने उनको मान्यता थियो । 

कम्युनिष्ट सोसाइटीमा कोहि वर्ग, कोहि विभेद, धर्मका आधारमा भेदभाव केही पनि हुनुहुँदैन । ‘निःशुल्‍क स्‍वास्‍थ्‍य निःशुल्‍क शिक्षा रहनुपर्दछ’ भन्‍ने उनको मान्‍यता थियो । ‘निजी स्‍वामित्‍वको अवधाराणाको अन्‍त्‍य गर्नुपर्छ’ भन्‍ने धारणा राख्‍दथे । ‘हरकोहि व्यक्ति हरकुनै चिजको मालिक बन्‍नुपर्छ’ भन्‍ने कुरामा दृढ अठोट राख्‍दथे । ‘Everyone Owns Everything’ उनको यो खाले सोंच थियो । प्रयोगात्‍मक रुपमा यो कति कार्यान्‍वयन हुन सक्छ? त्‍यो प्रश्‍न त छँदैछ तर यस खालको विचारमा अगाडि बढ्न सके विश्‍वको मानवीय सभ्याता उच्‍च स्‍तरको हुन सक्‍ने थियो । कार्ल मार्क्स एक दार्शनिक थिए । उनको दर्शन वास्‍तविक छ तर त्‍यसको कार्यान्‍वयन शतप्रतिशत हुन्‍छ भन्‍ने छैन । 

Post a Comment

0 Comments