साँघुरो


साँघुरो बाटो

साँघुरा मन

दैनन्दिनको व्यस्तता

बढ्दैछ झन्

यस्तै छ म लगायतको

शहरियापन ।


हिँड्दैछु बाटो

शहर र गल्ली

सुन्दैछु अनाथको

हल्लि र खल्ली

देख्दैछु तिनीहरुको

भएको विचल्ली।


मनमा त लाग्छ,

एकछिनलाई भएनी

तिनीहरु संगै भईदिऊँ

उनीहरुको पीडा
आफैले सहिदिऊँ

तर समस्या जति सबै तिनका

जिउँका तिउँ ।


सरकार सक्छौ भने
उनीहरुलाई

सुविधा सम्पन्न
आवास बनाईदेऊ

अवस्था सुधारिदेऊ

शिक्षा, स्वास्थ्य रोजगार सबै

व्यवस्था मिलाईदेऊ ।

Post a Comment

0 Comments