'खालिपन' एउटा निजी अनुभूति

अनुभूति

‘खालिपन’ मेरो जिन्दगीको एउटा हिस्सा हो ।
यसलाई बँचाएर राख्‍नु मेरो रहर हो । 

जिन्‍दगीमा खालिपन भयो भने धेरै सोंचिरहनु पर्दैन ।

यसकारण पनि म खालिपनलाई पालिरहेको छु । 


मानिसहरु ‘जोवन खालि भो’ भन्छन् । 

‘बैंक खाता खालि भो’ भन्छन् ।

तर तिनीहरु भन्दैनन् ‘म खालि भएँ ।’

मलाई त के हो कुन्नि ? 

‘खालि छु’ भन्दा गर्व लाग्‍छ ।


तपाईंसंग केही नहुनु खालिपन हुँदै होइन ।

धेरै हुँदाहुँदै खालि भएजस्तो गर्नु पनि खालि पन होइन ।

त्यो त तपाईंको नाटकीय साँँघुरोपन हो ।

त्यो त तपाईंको मनको अम्लीयपन हो ।


यसो भनिरहँदा म ‘मेरो जीन्दगीको सबैभागमा खालिपन छ’ भनेर भनिरहेको भने पटक्‍कै छैन ।

म त ‘आधा खालि छु’ मात्रै भनिरहेछु ।

किनकि आधा खालि हुँदा आधा भरिनु जिन्दगीको नियम हो ।

जिज्ञासु जिन्दगीको परिचय हो । 


मलाई पूरा भरिनु छैन । 

यदि पूरा भरिएँ भने थप नयाँ केही भ‍र्नलाई मसंग खालि ठाँउ नै रहन्‍न ।

म सम्‍पूर्ण हुन कहिल्यै चाहन्‍न। 

किनकी मलाई अपूर्ण हुँदै विस्तारै अलिअलि पूर्णतामा जिउनुमा मज्‍जा लाग्छ । 


 





Post a Comment

0 Comments